च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै छ ।

पाकिस्तानको लाहोरमा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । अफगानिस्तानका कपान हशमतुल्लाह शाहिदीले टस जिते पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा अस्ट्रेलियाले पहिला बलिङ गर्ने भएको छ ।      

प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो । यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन् । जितले भने अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याउने छ ।

त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो । अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बर्षाले खेल रद्ध भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल अस्ट्रेलियाले जितेको छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।