त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा

काठमाडौँ । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

त्रिभुवन आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए । नवयुगले खेलको आठौ मिनेटमा नै गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए भने दिनेशले खेलको ६६औ मिनेटमा पेनाल्टीमार्फत आर्मीको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै संकटाको लागि खेलको इन्जुरी समयमा विशन गुरुङले गोल गरेका थिए ।

अब त्रिभुवन आर्मी क्लबले फाइनलमा दोस्रो सेमिफाइनलका केपी ओली एफसी र  मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुदै छ ।    

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖