डिजल र मट्टीतेलको मुल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर  ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

निगमले भनेको छ-  ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ (मिति २०८१/११/१७) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु.१.०० ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।