धनकुटा नगरपालिकाको ३ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

नारायण कुमार राई/धनकुटा,१८ फागुन । धनकुटा नगरपालिका वडा नं.३ लाई पूर्ण खोप सुनिश्ति वडा घोषणा गरिएको छ ।

यस अघि दुई पटक पूर्ण खोप सुनिश्चित घोषणा भएको धनकुटाले आगामी २०८२ मा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम अनुसार वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

वडा कार्यालयमा आयोजित एक घोषणा कार्यक्रममा वडा अध्यक्ष बिकास घिमिरेले वडालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको छ ।

खोपको सुनिश्चितताका लागि वडाका तीन स्वास्थ्य स्वयंसेविका र चार स्वास्थ्यकर्मीको टोलिले १५ दिनको समयमा पूर्ण खोपको कार्यक्रम सम्पन्न गरेको सिनियर अहेव अन्जना तिम्सिनाले जानकारी दिनुभयो ।

वडाका १६ देखि ५९ महिना सम्मका एक सय १८ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरिएको तिम्सिनाले जानकारी दिनुभयो ।

बिद्यालय भर्ना गर्दा जन्म दर्ता अनिवार्य गरेझैं पूर्ण खोप लगाएको कार्ड पनि बिद्यालयमा अनिवार्य गर्न सके पूर्ण खोप सुनिश्चित कार्यक्रम प्रभावकारी हुने अध्यक्ष घिमिरेको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।