प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । जित पछि मोरङ २ खेलमा ४ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा भरेकोे छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो । मोरङकालागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा २ खेलमा १ मा जित १ मा पारजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ । टस हारेर जितेर ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।

१ सय ५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖