सरकार र उद्योगी बीच ग्यासको मुल्य बढाउने सहमति

काठमाडौँ ।  सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । 

संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहित भएको छ । यो सँगै अब ग्यासको मुल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । हाल ग्यासको मुल्य १९ सय १० रहेको छ । 

उद्योगीहरूले नाफा बढाउनु पर्ने माग राख्दै गत माघ ३० गतेदेखि आन्दोलन घोषणा गरेका थिए । तर, सरकारसँग छलफल भएपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको थियो । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोष निर्णय हुन सकेको थिएन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।