सहिदभूमिमा नि:शुल्क एक दिने पशु स्वास्थ्य शिविर सुरु
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पशुपंक्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि नि:शुल्क एक दिने पशु स्वास्थ्य शिविर सुरु भएको छ । शिविर मंगलबार वडा नं २ अखुवाटारबाट सुरु गरिएको हो ।
शिविरको गाउँपालिका अध्यक्ष मनोज राईले किसानलाई पशुमा लाग्ने रोगको उपचारका लागि प्रयोग हुने ओैषिध किसानलाई प्रदान गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो । शिविरमा ९१ घरधुरी किसानका गाई २ सय ३१,भैंसी ११,बाख्रा ८ सय ३९ बंगुर ५७,कुखुरा १ हजार ८९ उपचार तथा ओैषधि वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।
यस्तै बिरालो ५ र कुकुर ३१ वटालाई रेविज विरुद्धको खाेप लगाइएको जानाएको छ ।शिविरमा किसानलाई जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशु शाखा प्रमुख पाैडेलले बताउनुभयो । शिविर पालिकाको प्रत्येक वडामा सञ्चालन गरिनेछ ।
त्यस्तै गरि सहिदभूमि गाउँ पालिकाको स्वास्थ शाखाको आयोजनामा वडा नं २ बाट घुम्ती स्वास्थ शिविर सुरु गरेकाे छ । स्वास्थ शिविरमा सम्पूर्ण स्वास्थ जाँच सेवा,ई. सि.जी सेवा,भि.आई.ए सेवा उपलब्ध रहेको छ भने अपांग भएकाहरूको पहिचान गरेर परिचय पत्र वितरण गरिएको छ । याे शिविर पनि पालिकाकाे सबै वडामा सञ्चालन हुने स्वास्थ शाखाले जनाएको छ।
उक्त शिविरमा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारी , लेखा शाखा प्रमुख नितेस कुमार यादव , स्वास्थ शाखा प्रमुख फकिर मोहम्मद लगायत पशुप्राविधिक , स्वास्थ्यकर्मीको सहभागीता रहेको छ ।



