पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को फाइनल धनकुटामा फागुन २४ गते हुने

धनकुटा,२२ फागुन, धनकुटामा यही फागुन २४ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को फाइनल हुने भएको छ ।

आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्टले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो । गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो ।

धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १० र नृत्यतर्फ ९ जनाबीच प्रतिष्प्रर्धा हुनेछ । दुवै विधातर्फका विजेताले नगद ५र५ लाख पाउने आयोजक संस्थाका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

त्यस्तै विजेताको ५ लाख बराबरको जीवन विमा पनि गरिनेछ । फस्ट रनअपलाई नगद ५०र५० हजार रुपैया, सेकेण्ड रनरअपलाई २०र२० हजार रुपैया सहित विभिन्न पुरस्कारको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक योगीले भनाई थियो । गत असार ५ गतेबाट सुरु भएको प्रतियोगिताको सिजन–६ मा ३ सय ८९ जनाले अडिसनमा भाग लिएका थिए ।

कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न चरणमा भएका अडिसनबाट छनौट हुँदै गायन र नृत्यतर्फ १९ जना प्रतियोगी फाइनल पुगेका हुन् ।प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अंक प्रदान गरी विजेता छनौट गरिनेछ । गायक जुनी खालिङ्ग राई, हेमु स्मृति चोङवाङ र महेश राई गायनतर्फको निर्णायकको भूमिकामा हुने छन् । त्यस्तै, नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू र दिपेश मगर निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ ।

यो पटक कृष्णभक्त राई र इन्द्र सुशिल लिम्बू अतिथि निर्णायकको भूमिकामा रहने आयोजक संस्थाका अध्यक्ष मेनिस राईको भनाइ थियो । पत्रकार संमेलनमा आयोजक संस्थाकी उपाध्यक्ष दिपा अर्याल, सल्लाकार दिपेश मगर, सहसचिव मीनकुमार लिम्बु लगायतको उपस्थिती रहेको थियो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।