साँगुरीगढीमा होली विशेष दोस्रो सांगीतिक कार्यक्रम हुने
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-९ स्थित चाँदीबजारमा होली विशेष दोस्रो सांगीतिक कार्यक्रम हुने भएको छ।
होली बिशेष दोस्रो चाँदीबजार सांगीगित कार्यक्रममा अहिलेका चर्चित गायक पदम राई र अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरूको बेजोड प्रष्तुती रहने आयोजक चाँदीबजार व्यावस्थापन समति साँगुरीगढी-९ आहाले धनकुटाले जनाएको हो।
चैत्र १ गते हुने सांगीतिक कार्यक्रममा स्थानिय नृत्यकार स्मारिका राई तथा स्थानिय गायिका पवित्रा राई, गायक कौशल राई र हिराराज राईको पनि धमाकेदार प्रष्तुती रहने आयोजकको भनाई छ।
उक्त कार्यक्रम करिब दिउँसो देखि सुरू हुने पनि आयोजकले बताएका छन्।


