धनकुटामा सम्पन्न ‘पूर्वाञ्चल गट ट्यालेन्ट-६’ को उपाधि क्षितिजा र एक्स्प्रेस कृउलाई

धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-६ को फाइनल सम्पन्न भएको छ ।

गत शनिबार धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा सम्पन्न भएको हो ।

प्रतियोगिताको फाइनलमा गायन तर्फ सुनसरीकी क्षितिजा मगर र नृत्यतर्फ इलामको एक्स्प्रेस कृउ उपाधि विजेता बने ।

यसैगरी गायनतर्फ पाँचथरका दिनेस भारती दोस्रो र संखुवासभाका कमल राई तेस्रो भएका छन् भने नृत्यतर्फ इलामकी बर्षा राई र धनकुटाको अमिशा राई र बर्खा श्रेस्ठले तृतीय स्थान प्राप्त गरे ।

रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्ट र टिन्स कृउ डान्स सेन्टर धन्कुटाले आयोजना गरेको प्रतियोगितामा गायनतर्फ १० र नृत्यतर्फ ९ प्रतिस्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक सुमन योगीले बताए । दुवै विधातर्फका विजेताले ५ लाख नगद र ५ लाख बराबरको जीवन बिमा गरिएको छ ।

यस्तै उपविजेतालाई नगद ५०/५० हजार रुपैया, सेकेण्ड रनरअपलाई २०/२० हजार रुपैया सहित विभिन्न पुरस्कारकाे व्यवस्था मिलाइएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए । गत असार ५ देखि सुरु भएको अडिसनमा ३ सय ८९ जनाले भाग लिएका थिए । कोशी प्रदेशका १४ जिल्लाबाट विभिन्न चरणमा भएको अडिसनबाट गायन र नृत्यतर्फका १९ जना फाइनलमा पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।