सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटामा जारी एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरको आइतबार अन्तिम दिन १ सय ११ घरधुरी कृषकले पालेका पशुपंक्षिको उपचार तथा ओैषधि वितरण गर्दै वडा नं ७ मा शिविर सम्पन्न भएको छ ।
आईतवार वडा नं ७ मा गाउँपालिका अध्यक्ष मनोज राई ,उपाध्यक्ष रत्नश्वरी राई,वडा अध्यक्ष बम बहादुर राईको उपस्थितिमा सम्पन्न शिविरमा १ सय ११ घरधुरी कृषकले पालेका पशुपंक्षिकको उपचार तथा महामारी जन्य रोग नियन्त्रणका लागि ओैषधि वितरण गरिएको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनु भयो ।
शिविरको गाउँपालिका अध्यक्ष राई र वडा अध्यक्ष बम बहादुर राईले किसानलाई पशु उपचारका लागि ओैषधि प्रदान गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो,जस अनुसार शिविरमा गाई गोरु , २ सय ३१,भैंसी ६२, बाख्रा १३ सय २२ ,बंगुर ६८ ,कुखुरा २७ सय ७५ वटालाई जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रा लगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशु शाखा प्रमुख पाैडेलले बताउनुभयो । यस्तै २ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको छ ।




