साँगुरीगढीमा होली विशेष दोस्रो सांगीतिक कार्यक्रम सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-९ स्थित चाँदीबजारमा होली विशेष दोस्रो सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
साँगुरीगढी गाउँपालिकाको प्रायोजन तथा चाँदीबजार व्यवस्थापन समितिको आयोजनामा दोस्रो चाँदीबजार सांगितिक महोत्सव चाँदीबजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईको आतिथ्य तथा साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र राईको प्रमुख आतिथ्यमा कार्यक्रम सुरू गरिएको हो।
होली बिशेष दोस्रो चाँदीबजार सांगीगित कार्यक्रममा अहिलेका चर्चित गायक पदम राई र अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरूको बेजोड प्रष्तुती रहेको थियो। चाँदीबजार व्यावस्थापन समति साँगुरीगढी-९ आहाले धनकुटाले होली विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो।
सांगीतिक कार्यक्रममा स्थानिय नृत्यकार स्मारिका राई तथा स्थानिय गायिका पवित्रा राई, गायक कौशल राई र हिराराज राईको पनि धमाकेदार प्रष्तुती रहेको थियो।
करिब दिउँसो देखि सुरू भएको कार्यक्रम साँझ आयोजकले समापन गरे।


