धनकुटा नगरलाई घोषणा गरियो पूर्ण खोप सुनिश्चितता पालिका

धनकुटा । धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । उनले आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर तामाङले पूर्ण खोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी वर्षहरूमा पनि सबै बालबालिकाहरूलाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे । सो अवसरमा धनकुटा ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले बालबालिकाहरूलाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकहरूलाई आग्रह गरेका छन् ।

सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई क्षयरोग, दादुरा, धनुष्टङ्कार, लहरेखोकी लगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसवर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३ सय ५६ जना बालबालिकाहरूलाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

धनकुटा नगरपालिकालाई पहिलो पटक २०७१ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो । त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकाहरूलाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖