पाख्रीबासमा श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको तेस्रो साधारण सभा सम्पन्न
धनकुटा । श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको तेस्रो साधारण सभा पाख्रीबासमा सम्पन्न भएको छ ।
सभाले पुन: गुणराज गौतमको अध्यक्षमा ९ सदस्यीय समिती चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नेत्र बहादुर निरौला,सचिव जित बहादुर भट्टराई,कोषाध्यक्ष हेमलता तिम्सिना र सदस्यहरुमा यम बहादुर जोशी,चन्द्रमणि सुवेदी,राधिका ढकाल,धन कुमारी ढकाल,दिल बहादुर श्रेष्ठ चयन भएका छन् ।





