चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौं – चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ।

लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो। उनलाई  सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यमा नियुक्ति दिएका हुन्।

लोहनीले २०४९ सालबाट चलचित्र अपमानमा नायकको भूमिकादेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै विभिन्न चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा अभिनय, निर्देशन तथा निर्माण गरेका छन्।

उनले ‘अपमान’ र ‘जय विजय’जस्ता चलचित्रहरूमा मुख्य भूमिका निभाएका थिए भने ‘नारी, द वुमन’, ‘हलो नेपाल’, र ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरूमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

नवनियुक्त सदस्य लोहनीले चलचित्र विकास बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत चलचित्रको विश्वव्यापी प्रचार-प्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लोहनी हाल चलचित्र विकास बोर्ड अन्तर्राष्ट्रिय चलचित्र प्रवर्द्धन समितीको सदस्यसमेत रहेका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।