इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

इलाम । इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन ।

अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन ।

इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साझ ८ बजेबाट दिने रियालीटी सो मा ४ कोचहरु मध्ये कोच राजुको टिमबाट तथा हजारौ प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड , ब्लाइन्ड राउन्ड , लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन ।

झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझी सँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए । हाल संगितकै विषयमा व्याचलर गर्दओ गरेका प्रमेशले आफ्नो जिल्लावाशीहरुलाई भोट दिएर The voice को उपाधी जिताउन आग्रह समेत गरेका छन ।

प्रमेशकै स्थानीय तह रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे ।

गत सिजनको उपाधी पनि इलामकै विनोद राईले जितेका थिए ।-पालिका पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।