गुजरात टाइटन्सको छैटौं जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै

काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। 

 

उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो। 

 

यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ खेल जित्ने एक मात्र टोली गुजरात हो। अब थप एक जितसँगै यसले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गर्नेछ।

 

आईपीएल २०२५ मा गुजरात टाइटन्सले सोमबार आयोजक कोलकाता नाइट राइडर्सको सामना गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले ३ विकेट गुमाएर १९८ रन बनाउन सफल भएको यो । यसपछि केकेआर ८ विकेटमा १५९ रनमा नै सीमित भए पछि गुजरातको छैंटौं जीत पक्का भएको हो । 

 

केकेआरको यो ८ खेलमा पाँचौं हार हो। डिफेन्डिङ च्याम्पियन केकेआर ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 

आइपिएल प्लेअफको लागि योग्य हुन रेस सामान्यतया १४ अंकबाट सुरु हुन्छ। तर १४ अंक भएको टोलीले शीर्ष ४ मा रहन अन्य टोलीको जित हार र रन रेटमा पनि भर पर्छ। तर, आफ्नै बलमा प्लेअफका लागि योग्य हुन, तपाईंलाई कम्तिमा १६ अंक चाहिन्छ।

 

कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा केकेआरका कप्तान अजिंक्य रहाणेले टस जितेर ब्याटिङ गरेका थिए । उनीहरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे पनि बलरहरूले अपेक्षा अनुरूप खेल्न सकेको थिएनन्। गुजरात टाइटन्सका ओपनर शुभमन गिल र साई सुदर्शनले केकेआरका बलरहरूलाई पिट्दै १२.२ ओभरमा ११४ रन जोडेका थिए।

 

साई सुदर्शनको आउट भए पछि यो साझेदारी टुट्यो। उनले आउट हुनु अघि ३६ बलमा ५२ रन बनाएका थिए । योसँगै साई सुदर्शनले ओरेन्ज क्यापको दौडमा निकोलस पूरनलाई पछि पारेका छन् । अहिले उनी ४१७ रन बनाएर यो दौडमा पहिलो स्थानमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖