शिक्षक महासंघ र सरकार बिच केही बेरमा बार्ता हुदैँ

काठमाडौं, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ ।

शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् ।
 
पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ ।
 
हिजो दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए । 
 
मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो ।
 
तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले बार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।