बिना निष्कर्ष टुंगियो सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता
काठमाडौ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो।
वार्ता गरी निस्कने क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको प्रतिक्रिया दिए। तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उहाले बताउनुभयो।
शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका थिए।


