रेशम चौधरीको पक्राउमा सिकेको बिरोध
काठमाडौं, १७ बैशाख । रेशम चौधरीको प्रकाउको बिरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालवाट सो आपत्ति जनाएका हुन् । `पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशम चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ ।
यसको हामी घोर भर्त्सना गर्दछौं,` राउतले भनेका छन्, `यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्र्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ।
बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं`।


