६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

सिंगापुर, २१ बैशाख । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ ।

सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको छ । सिंगापुरको यी सबै सिटमा उम्मेदवारी दिने एकमात्र पार्टी पीएपी नै थियो ।

यसबाहेक करिब ११ राजनीतिक दल तथा २ सय ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।सन् १९६५ देखि लगातार सत्तामा रहेको सो पार्टी सन २०२५ को आम निर्वाचनमा पनि भारी जित हासिल गरेको छ ।

यो जितपछि प्रधानमन्त्री वोङले बलियो जनादेशका लागि हामी कृतज्ञ रहेको बताए । ‘हामी अझै कडा मेहनत गरेर तपाईंको विश्वासको सम्मान गर्नेछौं’ जीत पछि उनले भने । सन् १९४८ मा भएको पहिलो आम निर्वाचनपछि यो सिंगापुरको १९औँ आम निर्वाचन थियो र सन् १९६५ मा स्वतन्त्र भए पछिको १४औँ निर्वाचन हो ।

यस निर्वाचनमा नेसिपी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, वर्कर्स पार्टीले २६ सिटमा मात्रै चुनाव लडेर सुरूमा नै मैदानमा कमजोर प्रस्तुति दियो ।

खासमा १५ मे २०२० मा सिंगापुरले २० वर्ष पछि नयाँ प्रधानमन्त्री पाएको थियो । राष्ट्रपति थर्मन सानमुग रत्नमले अर्थशास्त्री लरेन्स वोङलाई देशको चौथो प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए ।  यसअघि सिएन लुङ यहाँ २० वर्षसम्म प्रधानमन्त्रीको पदको जिम्मेवारीमा रहिरहेका थिए । वोङ नै सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका छन, जो देशको स्वतन्त्रता पछि जन्मेका हुन् ।

लरेन्स वोङको राजनीतिक करियरको बारेमा कुरा गर्दा उनी २०२० मा पाण्डेमिक टास्क फोर्सको सह अध्यक्षको रूपमा काम गर्दा चर्चामा आएका थिए। त्यस समय देखि वोङ देशमा समाचारमा छाइनै रहे । यही कारण उनको लोकप्रियताका कारण २०२२ मा उनलाइ उत्तराधिकारी बनाइएको थियो। र, प्रधानमन्त्री लरेन्स वङलाई सन् २०२४ मा देशको चौथो प्रधानमन्त्री बनाइएको थियो।

प्रधानमन्त्री बनेपछि वोङको यो पहिलो निर्वाचन हो। जुन देशको वर्तमान अवस्थालाई हेर्दा अप्ठ्यारो मानिएको थियो । किनभने मुद्रास्फीति र आप्रवासीको बढ्दो भीड यहाँको मुख्य समस्या बनेको थियो। यद्यपि, यी सबै समस्याहरूलाई पार गर्दै वोङले आफ्नो पहिलो चुनाव जिते र आफ्नो पार्टीको जारी जीतलाई पनि कायम राखे ।

पिएपीले स्वतन्त्रतादेखि नै देशको नेतृत्व गरिरहेको छ । सन् १९४८ मा सिंगापुरमा पहिलो पटक आम निर्वाचन भएको थियो । यसपछि सन् १९६५ मा देश स्वतन्त्र भयो। स्वतन्त्रतापछि सिंगापुरको यो १४औँ आम निर्वाचन थियो, जसमा पीएपी पार्टी विजयी भएको थियो। सिंगापुर स्वतन्त्र भएदेखि नै पीएपीको नियन्त्रणमा छ। सिङ्गापुरमा अरु धेरै दलहरु भए पनि पछिल्लो ६५ वर्षमा सिंगापुरमा कुनै पनि पार्टीले सरकार बनाउन सकेको छैन । 

खासमा यहाँ कुनै पनि दलले पीएपीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री लरेन्स वोङले आफ्ना समर्थकहरूको अभिवादनलाई थम्ब्स अप दिएर स्वीकार गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖