ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २१ बैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएकाे थियाे, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ भएकाे हाे । गत १९ बैशाखमा पद तथा गाेपनियताकाे सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे । जाे अाज भएकाे हाे ।

 

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।