इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ

 

सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ ।

 

मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार दक्षिणी गाजामा, रफाह गभर्नरेटको धेरैजसो भागलाई ‘नो गो जोन’ घोषित गरिएको छ ।

 

मार्चको अन्त्यदेखि इजरायली सेनाले सो क्षेत्रलाई जबरजस्ती विस्थापन आदेश अन्तर्गत राखिएको छ। शुजाया छिमेकको पूर्व र इजरायली सीमानाका सम्पूर्ण क्षेत्रहरूलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो ।

 

इजरायलको एनिमेटेड नक्शाले देखाउँछ कि कसरी इजरायलको सेनाले मार्च १८ मा युद्धविराम तोडेर जबरजस्ती विस्थापन आदेशहरू विस्तार गरेको छ।

सोमबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन कि गाजाका २० लाख भन्दा बढी मानिसहरूलाई नयाँ भूमि सारिनेछ, जसमा इजरायली सेनाले गाजामा दिगो उपस्थिति स्थापना गर्दै कब्जामा लिइरहने छ।

नेतान्याहुको मन्त्रिपरिषद्ले ६० हजार रिजर्भ सैनिकलाई बोलाएका छन् ।  र इजरायली सेनालाई गाजाको भोकमरी जनसंख्यालाई खाद्यान्न र अन्य आवश्यक आपूर्तिहरू पुर्‍याउने नियन्त्रणमा राख्न निर्देशन दिइसकेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।