झन्डै ३ घन्टा ढिलो गरी मन्त्रीपरिषद बैठक सुरू, पाउला त मुलुकले नयाँ गभर्नर

काठमाडौं, २५ बैशाख । मन्त्री परिषद बैठक सुरू भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा झन्डै तीन घन्टा ढिलो गरी मन्त्री परिषद बैठक सुरू भएको हो ।
 
साँझ ५ः०० बजेको बोलाइएको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।
 
सो अघि वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भएको थियो ।
 
सो भेटबार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।
 
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रीपरिषद बैठक अघि यो भेट भएको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।