चौबिसेका स्वास्थ्य स्वयं सेविकाहरुलाई पुनर्ताजगी तालिम
देव याखा/बैसाख २६ ,धनकुटा(चौबिसे)। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले चौबिसे गाउँपालिकाको सहकार्यमा पालिकाका राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ दिने पुनर्ताजगी तालिम दिएको छ ।
पालिकाका २८ जना स्वयंसेविकाहरुलाई प्रशिक्ष्ण दिईएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दिपक गुरागाईले जानकारी दिनुभयो ।
जिल्लामा थपिने नयां स्वयंसेविकाहरुका लागि प्रशिक्षण तथा पुरानाहरुका लागि पुनर्ताजगी गराउनका लागि यस प्रकारका प्रशिक्षणहरु कार्यालयले निरन्तर गरिरहेको गुरागाईले जानकारी दिनुभयो ।

पालिका भवनमा संचालित प्रशिक्षणमा पालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थराज बस्नेत,कार्यरत अनमी उषा लिम्बू,एच.ए.हिमालमणी दाहाले प्रशिक्षण दिनुभएको थियो ।
बैैसाख २१ गतेबाट २४ गते सम्म पालिकाको भवनमा आयोजित प्रशिक्षण कार्यक्रमको बुधबार समापन गरिएको छ ।
समापन कार्यक्रममा चपालिकाका अध्यक्ष राजकुमार लिम्बू,प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल तथा कार्यालयको तर्फबाट क्षय कुष्ठ अधिकृत कर्मचन्द्र राजबंशी,प्रशासन प्रमुख नारायण प्रसाद खनाल र लेखा प्रमुख बिमल प्रसाद दाहालको उपस्थिति रहेको थियो ।
चौबिसे गाउँपालिकामा ६३ जना तथा जिल्ला भरी ३ सय ४३ सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको तथ्यांक रहेको छ । (प्रशिक्षार्थी पत्रकार)


