ट्रम्प मध्यपुर्वमा निस्कनु अघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

वासिंगटन डिसी, २७ बैशाख । अमेरिकी रक्षा सचिव पीट हेगसेथको इजरायल भ्रमण स्थगित भएको छ।

 

अर्को हप्ताको सुरुमा तय भएको इजरायल भ्रमण रद्द भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।

गत मे ३ मा एक्सियोसले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अघि हेगसेथले इजरायल भ्रमण गर्ने योजनाका बारेमा जानकारी दिएको थियो ।

 

समाचार अनुसार अमेरिकी रक्षा सचिवले मे १२ मा आफ्ना स्थानीय समकक्षी इजरायलका काट्ज र देशका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न तय भए पनि अन्तिममा रोकिएको हो ।

 

ह्वाइट हाउसले यसअघि नै राष्ट्रपति डोनाल्ड  ट्रम्पले मे १३–१६ मा साउदी अरेबिया, कतार र युएईको मध्यपूर्व भ्रमण गर्ने जनाएको थियो । त्यसअघि अमेरिकन रक्षा सचिव इजरायल जान खोजेका थिए । तर, अहिले स्थगित गरिएको छ तर कारण भने अझै खुलाइएको छैन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।