भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

नयाँदिल्ली, २७ बैशाख । भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो ।

 

किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न पाउने छैनन् ।

भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तान माथी धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो । अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छन ।

 

उनीहरूका अनुसार अब सबै प्लेटफर्मबाट पाकिस्तानी सामग्री भारतका लागि कम्तिमा हुने छैनन । न त पाकिस्तानी गीतहरू, न त वेब सिरिज र पाकिस्तानी फिल्महरू नै भारतमा चल्नेछन् । 

 

साथै, यो नयाँ कदम चाल्दै भारत सरकारले सबै ओटीटी प्लेटफर्महरूलाई कडा निर्देशन दिएको छ। यसअघि पहलगाम हमलापछि भारतले धेरै पाकिस्तानी युट्युब च्यानल र सेलिब्रेटीमाथि प्रतिबन्ध लगाएको थियो ।

 

अब यसलाई एक कदम अगाडि बढाउँदै पाकिस्तानी मनोरञ्जन सामग्रीमा पनि प्रतिबन्ध लगाइएको हो । जसका कारण पाकिस्तानी मनोरञ्जन उद्योगलाई गहिरो झट्का लागेको भारतीय मिडियाहरूले दावी गरेका छन् । यी नियमहरू तत्काल प्रभावबाट लागू हुने स्पष्ट निर्देशन पनि दिइएको छ।

 

सन २०२१ को आईटी नियमहरू उल्लेख गर्दै सरकारले भनेको छ कि कुनै पनि सामग्री नदेखाउनु पर्ने कारण निम्न रूपमा उल्लेख गरेको छ ।

– भारतको एकता र अखण्डतालाई हानि पु¥याउँछ

– देशको सुरक्षामा खतरा छ

सरकारले २२ अप्रिल २०२५ मा पहलगाममा हालै भएको आतंकवादी हमला र पाकिस्तानसँग सम्बन्धित संगठनहरूको भूमिकालाई ध्यानमा राखेर यो निर्णय गरेको हो।  यसका कारण, भारतका सबै स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्रीहरू जस्तै चलचित्र, वेब सिरिज, गीत र पोडकास्टहरू, निःशुल्क वा सशुल्क, तत्काल प्रभावबाट हटाउन निर्देशन दिइएको छ। जसले भारतको अन्य देशसँगको सम्बन्ध बिगार्छ । मानिसहरूलाई हिंसामा उत्प्रेरित गर्ने वा समाजमा अशान्ति सिर्जना गर्छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।