साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ।

उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट छाप छोडेर गएको स्मरण गरेका थिए।

प्रत्येक वर्ष एक जना श्रष्टालाई प्रदान गर्ने गरी भण्डारीले साहित्य समाजमा समेत ११ लाखको अक्षय कोष स्थापना गरेका थिए। उनले समाजको तीन तले भवन निर्माण हुँदै गर्दासमेत ठूलो धनराशी सहयोग गरेका थिए।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम रहेका थिए। कार्यक्रममा समाजका उपाध्यक्ष टोपेन्द्र शाह, महासचिव गणेश नेपालीलगायतले आफ्नो धारणा राखेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।