प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार बदनाम हुनुमा सल्लाहकारहरूको भुमिका रहेको आरो लगाएका छन् ।

 

प्रतिनिधिसभाको जारी बैठकमा राज्य ब्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ‘बदनाम’ हुनुमा सल्लाहकारको भुमिका रहेको आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरुका सल्लाहकारले खेलेको भूमिकामाथी प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको पनि बताएका छन् ।

‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए। सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ। प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ,  परराष्ट्रमन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ,’ उनले संसदमा भने, ‘प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।’

 

उनका अनुसार सल्लाहकारका कारण प्रधानमन्त्री र मन्त्रीहरू बदनाम हुने गरेको भन्दै सल्लाहकारको भुमिकामा प्रश्न उठाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।