सगरमाथा संबादको दोस्रो दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

काठमाडौं, ३ जेठ । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ ।
 
हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजो देखी सगरमाथा संबाद कार्यक्रम सुरू भएको हो । 
 
सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेवाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ बिदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् ।
 
परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संबाद’ कार्यक्रमको जलबायु परिवर्तन सबन्धी मुख्य बिषय छलफल हुनेछ ।
 
यस्तो छ कार्यतालिका

 छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ।

हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।
 
त्यसपछि बिशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत बिभिन्न कार्यक्रमहरू गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।