शेख हसिनाको अभिनय गर्ने अभिनेत्री ढाका बिमानस्थलवाट पक्राउ

ढाका । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

 

फरियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ । अध्यागमन अधिकारीहरुका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारिया विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । 

 

उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ। जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।

 

फारियामाथि शेख हसिनाका समर्थकहरूले सुरु गरेको प्रति आन्दोलनलाई आर्थिक सहयोग गरेको र हिंसात्मक झडपलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको आरोप लगाइएको छ। यी आन्दोलनका क्रममा भएको हिंसाले देशभर अराजकता निम्त्याएको थियो, त्यसपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भाग्नु परेको थियो भने अहिले उनी भारतमा शरण लिइरहेकी छिन् ।

 

खासमा नुसरत फारिया बंगलादेशकी प्रमुख युवा अभिनेत्रीमा गनिन्छिन् । उनले रेडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् र सन २०१५ मा बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकीः ट्रु लभ’ बाट अभिनयको संसारमा प्रवेश गरेकी थिइन् । उनको सबैभन्दा चर्चित भूमिका २०२३ को बायोपिक ‘मुजिबः द मेकिंग अफ नेशन’ मा थियो, जसमा उनले शेख हसिनाको भूमिका निभाएकी थिइन्।

 

यो फिल्मलाई प्रसिद्ध भारतीय निर्देशक श्याम बेनेगलले निर्देशन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।