राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ।

पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।
 
साथै उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्। साथै, उप–महासचिबमा विजयकुमार ठाकुर (पर्सा), सचिब रामसली तामाङ, कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ तथा सल्लाहकारमा अनिशा बराल, आरजु केसी र सरोज मैनाली रहेका छन्।
 
नब गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै पार्टी अध्यक्ष कमल थापाले सहकारी, लघुबित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए । गरिब दुखी जनता पिसिएका छन् , पेलिएका छन् , शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिबर्तनको बिकल्प नभएको जिकिर गरे । 
 
थापाले भने, ‘सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर हामी आन्दोलनमा जादैछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ,  सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ।’
 
समितिलाई देशैभरीबाट समेटेर सन्तुलित, समाबेशी बनाईने र संगठनले चाडैं नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।