चौबिसेमा क्षयरोग परिक्षण शिबिर हुने
विनोद भण्डारी/जेष्ठ ८,(चौबिसे)धनकुटा । चौबिसे गाँउपालिकाको आयोजना तथा प्रदेश स्वास्थ निर्देशनालय धनकुटाको प्राविधिक सहयोगमा ४ दिने निशुल्क क्षय रोग परिक्षण शिबिर सन्चालन हुने भएको छ ।
जेठ ९ गते बाट पालिकाको विभिन्न वडामा हुने उक्त शिबिरमा AI जडित X-Ray मेसिनको प्रयोग गरि संभावित क्षयरोगीहरुको खोजीका लागि स्वास्थ परिक्षण हुनेछ ।
६५ वर्ष माथी उमेर समुहका सबै जेष्ठ नागरिक साथै १५ वर्ष उमेर माथिका सम्भावित सबै र ५ वर्ष मुनिका सम्पुर्ण कुपोषित बालबालिकाको स्वास्थ परिक्षण गरिने चौबिसे गाउँपालिकाका स्वास्थ साखा प्रमुख तिर्थ बस्नेतले बताए ।
कहिलेकाही लक्षण नदेखिए पनि कमजोरी हुने, दुब्लाउदै जाने, खाना नरुच्ने भएमा क्षयरोग पनि हुन सक्ने भएकोले उक्त शिविरको फाईदा उठाउन उनको अनुरोध छ ।
बदलिँदो जिवनशैली र अस्वस्थकर खानपानले पनि क्षयरोगको खतरा बढ्न सक्ने उनले थपे।सिविरमा अत्याधुनिक X ray मेसिनको प्रयोग गरि दक्ष र अनुभवी चिकित्सकद्वारा क्षयरोग परिक्षण हुनेछ ।
शिबिर मुढेबास स्वास्थ चौकी चौबिसे २ मा जेष्ठ ९, कालिका आवि आइतबारे चौबिसे ८ मा जेष्ठ १० राजारानी स्वास्थ्य चौकी चौबिसे ६ मा जेष्ठ ११ र फलामेटार स्वास्थ इकाई चौबिसे ४ मा जेष्ठ १२ गते सिविर संचालन हुने बस्नेतले जानकारी दिए । (प्रशिक्षार्थी पत्रकार )


