पाख्रिबासमा नि:शुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने
धनकुटा,९ जेठ ।धनकुटाको पाख्रिबासमा नि:शुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
शिविर जेठ १३ गते बिहान ८ देखि दिउंसो ५ बजे पाख्रिबास आधारभूत अस्पतालमा संचालन हुने भएको हो ।
शिविर पाख्रीबास नगरपालिकाको आयोजना तथा व्यवस्थापन र भक्तपुर अस्पतालको प्राविधिक सहयोगमा पाठेघर क्यान्सर ( PAP Smear )को परीक्षण र स्तन क्यान्सरको परीक्षण साथै अल्ट्रासाउण्ड ( Video X-Ray) आदिको निशुल्क परीक्षण गरिने नपाद्वारा जारी सुचनामा उल्लेख छ ।



