इलाममा बाल चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

इलाम, १० जेठ । चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश  र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि १० गतेसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
 
सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ।
 
 
मुख्य गतिविधिहरू:
• बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामार्फत ३७ जना विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइयो। बिशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार लघु चलचित्र “हजार सपनाहरू” को प्रभावशाली प्रदर्शनले सृजनशीलता र आत्मविश्वासको सन्देश दियो।

• सिनेमा साक्षरता अभियान अन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयहरूमा सडकछेउमा प्रदर्शन गरियो, जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकले चलचित्र हेर्ने नयाँ अनुभव पाए। इलामकी फुटबलर  एन्जिला तुम्बापो को जीवनीमा आधारित चलचित्र “एन्जिला”  निर्माता तथा निर्देशकको उपस्थितिमा ईलाम बजार चोकको एलईडि स्कृनमा प्रदर्शन गरिएको थियो ।

• बाल चलचित्र प्रदर्शनी अन्तर्गत “शिलावाला”, “घुर्रा”, “द स्कुल वाल” र “पाउलो” चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिए।

• सेलिब्रेटीसँग बालबालिका अन्तर्गत बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, मिलन चामलसमेत, प्रेम कुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदिप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग खुला संवाद गरे।

शुक्रवार सम्पन्न समापन समारोह इलाम नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उप–मेयर विष्णु कुमारी लिम्बु, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, अभिभावक तथा बिशिष्ट कलाकार र चलचित्रकर्मीहरू बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, राधेश्याम लेकाली, सन्तोष लोहनी, जनकदिप पराजुली, पुनम क्षेत्री, श्रीदेव भट्टराई आदिको उल्लेखनीय सहभागिता रह्यो।
 
इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई चलचित्र घरको प्रवर्द्धनमा समेत यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
 
समापन समारोहमा बोल्दै मेयर थापाले भने, “इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई चलचित्रमार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी छन्। यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ।”
 
चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले भने, “सिनेमाले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गर्‍यो। यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार–प्रसारमा पनि सहयोगी हुने विश्वास लिएका छौं।”
 
पर्यटन प्रवर्द्धनमा सेलीब्रेटीहरूले “चलचित्र छायांकनको लागि ईलाम” लेखिएको टिसर्ट लगाएर ईलामको भ्रमण गरे, जसले छायांकनको लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्‍यो।
 
निष्कर्षमा, चलचित्र विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाको सृजनात्मक क्षमता विकास, स्थानीय स्तरमा सिनेमा चेतना अभिवृद्धि, र इलामको पर्यटन प्रवर्द्धन मा महत्वपूर्ण योगदान पुर्‍याएको कार्यक्रम संयोजक तथा चलचित्र विकास बोर्ड सदस्य  एवं प्रवक्ता सन्तोष बाबु लोहनीले वताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।