मोरङको पथरी शनिश्चरेमा प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा डाँस-मोरङी विजयी

पथरी । मोरङको पथरी शनिश्चरे-१० स्थित जिरीखिम्ती  मैदानमा शनिबारदेखि सु/” भएको प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डाँस-मोरङी क्रिकेट क्लबले  जित हासिल गरेको छ।

उद्घाटन खेलमा डाँसले स्टन बुलेट क्रिकेट क्लब दुहबीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको स्टन बुलेटले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत गर्‍यो। वर्षाले असर गरेपछि खेल २ ओभर घटाइएको थियो। बुलेटका लागि लोकेश पोद्धारले २६, अमृत शर्माले २२ र सूर्य रौनियारले १२ रन बनाए। अन्य खेलाडी भने दोहोरो अंक बनाउन सकेनन्।

बलिङतर्फ डाँसका मोहम्मद उमर सानीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने रविन मण्डलले १ विकेट हात पारे।

जवाफी ब्याटिङमा डाँस-मोरङीले ११ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि रविन मण्डलले ३१, दिपेश सुवेदीले २६ र उमर सानीले १६ रन बनाए। स्टन बुलेटका लागि लोकेश पोद्धार, मनिष न्यौपाने र सौर्य रौनियारले समान १-१ विकेट लिए। म्यान अफ द म्याच डाँसका उमर सानी घोषित भए।

प्रतियोगिताको दोस्रो खेलमा बी एन्ड एस क्रिकेट क्लब काँकडभिट्टाले बराहक्षेत्र क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दै जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १४ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो। समीर श्रेष्ठले ३२, आयुष न्यौपानेले २६ र देवेन्द्र महतले १७ रन बनाए।

बराहक्षेत्रका लागि निक्कु मण्डलले ३ विकेट, अनिश श्रेष्ठ र आयुष राईले समान २-२ विकेट तथा अजय पौद्धार र उमेश चौधरीले समान १-१ विकेट लिए।

१०८ रनको लक्ष्य पछ्याएको बराहक्षेत्रले निर्धारित २० ओभरमा ९६ रन मात्र बनाउन सक्यो। टोलीका लागि उमेश चौधरीले २२, आयुष राईले १८ र निक्कु मण्डलले १६ रन बनाए।

काँकडभिट्टाका लागि प्रेम सिंहले ३ विकेट, शिव राजवंशीले २ विकेट तथा आशिक रानामगर, आयुष न्यौपाने र प्रवेश कामतीले समान १-१ विकेट लिए।

म्यान अफ द म्याच आयुष न्यौपाने घोषित भए। त्यसअघि पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले उदघाट्न गरेकी थिइन्।

कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा सुरू भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ क्रिकेट क्लबको सहभागिता रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।