माइतीघर सुटिङ सेटबाट बाहिरियो माग्नेबुढाको ‘शिवभक्त बाबा’को अवतार

इटहरी । हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेको नेपाली फिल्म ‘माइतीघर’ को छायांकन सेटबाट चर्चित हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक गरिएको छ ।

उनको यो दोश्रो पटक लुक्स सार्वजनिक भएको हो। यसअघि उनको खाटमा बसेर हसिलो मुहारमा मोबाईल चलाउदै गरेको लुक्स सार्वजनिक भएको थियो। सो बेला धेरैले उनको मुखिया लुक्स भनेर चर्चा चलेको थियो भने हालै सार्वजनिक लुक्समा उनी त्रिशुल र डमरु बोकेका, रुद्राक्षको माला र जटाधारी स्वरूपमा शिवभक्त बाबाको भूमिकामा देखिएका छन् ।

माग्ने बुढाको यस्तो फरक अवतार दर्शकमाझ अहिले नै चर्चा र कौतूहलको विषय बनेको छ । एकै फिल्मको उनको २ लुक्स सार्वजनिक हुँदा फिल्ममा उनको कस्तो चरित्र छ भन्ने विषय प्रतिक्षित बनेको छ । फिल्मको छायांकन हिमाली गाउँ ताकम र धारापानीमा सकिएपछि अहिले म्याग्दीको दरबाङस्थित खोला किनारमा भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार फिल्मको ८० प्रतिशत छायांकन सकिएको छ र अब अन्तिम चरणमा पुगेको छ । फिल्मको एउटा गीत ताकममा छायांकन भइसकेको छ भने बाँकी दुई गीत कास्कीको सिक्लेस र बेगनास तालमा छायांकन हुने तय भएको छ ।

यो फिल्म रोहित अधिकारी फिल्म्सको प्रस्तुति हो, जसका निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् भने छायांकन सुसन प्रजापतिले गरिरहेका छन् । ‘माइतीघर’ मा माग्ने बुढासँगै धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको यो चौथो प्रोजेक्ट हो । फिल्म दशैंको फूलपातीका अवसरमा देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।