प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिता : सुपर ओभरमा ब्रदर्श-११ झापा विजयी, ग्रीन सिटी इटहरी ५ रनले पराजित

पथरी शनिश्चरे, मोरङ । कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श ११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।

झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।

इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।

झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २-२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।

सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुने छ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुने छ।

मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।