अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

काठमाडौं, १२ जेठ । आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ।

 

यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, त्यसैले टोलीले यो सिजन जितको खडेरी अन्त्य गर्ने प्रयास गर्नेछ। साथै, यो सिजन आईपीएल इतिहासमा सबै समयको कीर्तिमान पनि तोड्न सक्ने ठाउँ देखिएको र खासमा विराट कोहली त्यसको धेरै नजिक छन्।

 

आईपीएलको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान शिखर धवनको नाममा छ, जसले २२२ खेलको २२१ इनिङ्समा ७६८ चौका प्रहार गरेर सो 
रेकर्ड कायम गरेका हुन् ।  यो सूचीमा विराट कोहली दोस्रो स्थानमा छन्, जसले २६४ खेलको २५६ इनिङ्समा ७५६ चौका प्रहार गरिसकेका छन् । यस्तो अवस्थामा विराट कोहलीसँग यो सिजनमा धवनलाई पछाडि छोड्ने सुनौलो मौका रहेको छ, त्यसका लागि कोहलीलाई मात्र थप १३ चौका चाहिन्छ।

 

आरसीबी प्लेअफका लागि छनोट भएको छ । यस्तो अवस्थामा कोहलीले कम्तिमा एक थप खेल खेल्नेछन् अर्थात् बाँकी दुई खेलमा कोहलीले १३ चौका प्रहार गरे भने उनले आईपीएल इतिहासकै सबैभन्दा ठूलो कीर्तिमान बनाउन पाउने छन् ।

विराट कोहलीले यो सिजन पनि ५०० भन्दा बढी रन बनाइसके छन् । चालू सिजनमा उनले हालसम्म १२ खेलमा १२ इनिङ्समा ६०.८८ को औसत र १४५.३५ को स्ट्राइक रेटमा ५४८ रन बनाएका छन् र उनी ओरेन्ज क्यापको दावेदारको सूचीमा रहेका छन् । र, कोहलीले यो सिजन सात अर्धशतक पनि बनाइ सकेका  छन् । यस अवधिमा उनको ब्याटबाट ५१ चौका र १९ छक्का निस्केका थिए । कोहली यस सिजन बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

 

साथै, यदि कोहलीले मंगलबार आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे भने उनी टी–२० क्रिकेटमा १२०० चौका प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्ने छन्। टी–२० क्रिकेटमा हालसम्म तीन ब्याट्सम्यान एलेक्स हेल्स, डेभिड वार्नर र जेम्स भिन्सले मात्र यो रेकर्ड बनाउन सकेका छन्। यदी, त्यो पुरा गरे भने कोहली १२ सय चौका प्रहार गर्ने पहिलो एसियाली ब्याट्सम्यान पनि बन्नेछन् ।

 

कोहलीले ४११ टी–२० खेलमा ११९५ चौका प्रहार गरिसकेका छन् । टी–२० क्रिकेटमा कोहलीले ४१.९८ को औसत र १३४.६२ को स्ट्राइक रेटमा १३ हजार ४३४ रन बनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖