युकेको राष्ट्रिय अवार्डमा बिक्रमको ‘कामा’ मनोनीत,भोट गर्न आग्रह

काठमाडौं,१२ जेठ । नेपाली अभिनेता,निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको नयाँ फिल्म ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म क्याटागोरीमा मनोनित भएको हो । गत मार्च दोश्रो साता बेलायतका बिभिन्न शहरका हलमा प्रदर्शन भइ दर्शकको मन जितेको अंग्रेजी भाषाको क्राइम सस्पेन्स फिल्म ‘कामा’ सँगै सो बिधाको प्रतिस्पर्धामा ‘ट्रेडिङ वाटर’,‘डिमाइस’,‘बिफोर निक्काहा’,‘ल्याला’,‘ब्ल्याक क्याव’,‘फोर मर्दस्’,‘अ ब्रदर्स बोन्ड’,‘डोन्ट टर्न आउट दि लाइटस्’,‘कुक्सटर–द डार्केष्ट डेज’ र ‘रेपुटेशन’ नामका ब्रिटिश फिल्महरु छन् ।

कडा प्रतिस्पर्धा हुने सो अवार्डको बिजेता २ जुलाईमा लण्डनको पोर्चेष्टर हलमा भब्य समारोहका बीच घोषणा गरिने छ । अवार्ड आयोजक नेशनल फिल्म एकेडेमी,बेलायतले १९ मेमा २०२५ को नेशनल फिल्म अवार्डस्को नोमिनेशन सार्वजनीक गर्दै सर्वसाधारणका लागि १९ जुन अर्थात एक महिनासम्म पब्लिक भोटिङ खुल्ला गरिएको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । बिभिन्न बिधामा मनोनीत फिल्म तथा कलाकार मध्येबाट सर्वसाधारणको मतको आधारमा बिजेता घोषणा गरिने जनाइएको छ ।

जसका लागि निर्माता जोशीले ‘कामा’ लाई मत दिइ जिताउनु हुन बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा आव्हान गरेका छन् । ‘बेलायतको नेशनल अवार्डमा मनोनीत हुनु हामी सबैका लागि गर्वको कुरा हो,’ उनी भन्छन्,‘त्यसकारण सबैले ‘कामा’ लाई भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सन् २०१५ मा स्थापीत नेशनल फिल्म एकेडेमीले आयोजना गर्ने नेशनल फिल्म अवार्डस् ब्रिटिशको उत्कृष्ट बार्षिक समारोह मध्येमा पर्दछ । सो अवार्डमा वेष्ट ब्रिटिश फिल्म,वेस्ट एक्टर, एक्ट्रेस,वेस्ट डिरेक्टर,बेस्ट स्क्रिप्ट,बेस्ट इन्डिपेन्डेन्ट फिल्म,बेस्ट न्यु कमरलगायतका बिधामा अवार्ड प्रदान गरिन्छ भने ब्रिटिश सिनेमा योगदान पुर्याएका स्रष्टालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डले सम्मान गरिन्छ ।

भीमसेन लामाले निर्देशन गरेका ‘कामा’ को कथा स्व.बिशारद बस्नेतले लेखेका हुन् भने पटकथा र सम्वाद लक्ष्मण सुवेदी,बिक्रम डि.जोशी र हिराल जोशीले तयार पारेका हुन् । यसअघि केही अन्तराष्ट्रिय फेष्टिभलहरुमा अवार्डहरु जितिसकेको फिल्ममा नेपाली अभिनेता टंक धमला,समीर गुरुङ,भारतीय अभिनेत्री पूजा गुप्ता,ब्रिटिश अभिनेता म्याथ्यु वेवफोर्ड,जेमिमा टोम्स,मिया बेनेटलगायतका कलाकार मुख्य भूमिकामा छन् ।
बिक्रम जोशी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा हिराल जोशी छिन् । इश्वर श्रेष्ठ र एमजी अमीन सहनिर्माता रहेको ‘कामा’ को सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो । यसअघि ‘ह्याप्पी डेज’,‘पासवर्ड’,‘हेलो जिन्दगी’,‘राधा’ लगायतका फिल्म निर्माण तथा अभिनय गरेका जोशी ‘कामा’ को अन्तराष्ट्रिय प्रदर्शन र नयाँ नेपाली फिल्म ‘बिक्रम’ निर्माणको तयारीमा छन् ।

यो लिंकमा क्लिक गरेर ‘कामा’ लाई भोट गर्न सकिन्छ ।

https://nationalfilmacademy.com/

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।