कञ्चनजंघा खुल्ला नकाउट क्रिकेट प्रतियोगिता: आयोजक र ढुकुरपानी विजयी

पथरी । कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब विजयी भएको छ।

सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २६३ रनको विशाल योगफल तयार गर्‍यो।

टिमका लागि सुरज न्यौपानेले ५१ बलमा १०८ रनको शतकिय पारी खेले। उनले शानदार ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।
यस्तै, सोनु मण्डलले अबिजित ६८, महेश कार्कीले ४० र शिवम यादवले ११ रन बनाए। बलिङतर्फ सलकपुरका दीपेश राउत, निशान मगर र अशिम सुन्दासले समान १/१ विकेट लिए।

लक्ष्य भेटाउन मैदानमा ओर्लिएको सलकपुर १५ ओभर ४ बलमा अलआउट हुँदै १२१ रनमै समेटियो। सलकपुरका अनिश श्रेष्ठले ३६, ज्ञातव्य सुवेदीले २७ र श्रमण यादवले १९ रन बनाए।

आयोजक टोलीका शिवम यादव, अभिषेक लिम्बू र रावण राईले समान २/२ विकेट लिए भने सुरज न्यौपाने, मोहम्मद नूरी निशार र याम तिम्सिनाले १/१ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आयोजकका  सुरज न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब, झापा विजयी भएको छ। झापाली टोलीले दुर्गापुरी क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको दुर्गापुरीले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनायो। दुर्गापुरीका लागि अमित राईले २४, मंगलसिंह लिम्बूले १८ र समीर भट्टराईले ११ रनको योगदान गरे।
ढुकुरपानीका बलरहरू प्रभावशाली देखिए। दीपेश दाहाल र रबिन यादवले समान ३/३ विकेट लिए भने प्रतीक पोखरेल, महेश दाहाल र प्रशान्त यादवले समान १/१ विकेट लिए।

९६ रनको लक्ष्य पछ्याएको ढुकुरपानीले १२ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। जितका लागि उत्सव यादवले ४५ रनको सशक्त पारी खेले भने दीपेश दाहालले १७ रन बनाए।

दुर्गापुरीका बलरहरू पनि आक्रामक थिए। राजकुमार शहनी, आकाश खड्का, सुजन लिम्बू र सुमन लिम्बूले समान २/२ विकेट लिए।
अलराउण्ड प्रदर्शन गरेका ढुकुरपानीका दीपेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल पञ्चध्वज क्रिकेट क्लब मोरङ र पथरीशनिश्चरे क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल केराबारी क्रिकेट क्लब मोरङ र दमक क्रिकेट क्लब झापा बीच हुनेछ।

पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रतियोगिता जेठ १८ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।