आईपीएल २०२५ : पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का

काठमाडौं, १३ जेठ । पञ्जाब किंग्सले आईपीएल २०२५ को ६९ औं खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। 

यससँगै टोलीले चालू सिजनको अंक तालिकाको शीर्ष २ मा आफ्नो स्थान सुरक्षित गरेको छ। हाल टोली १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

 

पञ्जाबले अब मे २९ मा क्वालिफायर– १ खेल्नेछ। अर्कोतर्फ यो हारपछि मुम्बईले मे ३० मा एलिमिनेटर खेल्नु पर्नेछ।

 

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो भने पञ्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर १८५ रनको लक्ष्य पुरा गरेको हो ।

कप्तान श्रेयस अय्यरले ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनी १६ बलमा २६ रन बनाएर अविजित रहेका थिए भने  जोस इन्ग्लिस (७३ रन) र प्रियांश आर्य (६२ रन) ले अर्धशतक बनाए । दुवैले शतकीय साझेदारी गरेका हुन् । मिचेल सान्टनरले दुई विकेट लिदाँ जसप्रित बुमराहले एक विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको इनिङ खेले भने उनले ६ चौका र २ छक्का प्रहार गरे । साथै, बाँकी ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन् । पञ्जाबका अर्शदीप सिंह, मार्को यान्सन र विजयकुमार वैशाखले २–२ विकेट लिएका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖