`मोहन सिटौला ब्यस्टी र समष्टी´ सार्बजनिक

काठमाडौँ, १३ जेठ । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।
 
राजधानीमा समाजका लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त पुस्तक विमोचित भएको हो ।
 
पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण गराउन मद्धत पुग्ने बताए ।
 
उनले सिटौलाका बारेमा अझ ठूलो वृहत पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त वृहत पुस्तकलाई पूर्ण रुप दिन महत्वपूर्ण खुराक हुने बताए ।
 
कार्यक्रममा पुस्तक समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, ४ अंग्रेजीमा र चार शुभकामना सहितका गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको बताए ।
 
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाएका थिए ।
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उनी ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागिपरेका छन् । अमेरिकामा रहेका सिटौलाले आफू समेटिएको पुस्तक काठमाडौँमा विमोचित हुँदा अमेरिकाबाटै सम्बोधन गरेका थिए ।

पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गरेका हुन् । पुस्तक मोहन सिटौलालाई चिनाउनेमात्र नभइ देशभरको सिटौला समाजको प्रतिनिधि पुस्तक भएको दाबीसमेत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।