चौबिसेले गरिदियो ४ सय नागरिकहरुको स्वास्थ्य विमा

विनोद भण्डारी/जेष्ठ १३,चौबिसे । धनकुटाको चौबिसे गाउँपालिकाले यो बर्ष आफ्नो पालिका भित्र रहेका आफ्ना करिव ४ सय नागरिको स्वास्थ्य बीमा गरिदिएको छ ।

पालिकाले नागरिक स्वास्थ विमा योजना अन्तर्गते अपांगता भएका,अशक्त र बिपन्नहरुको सहुलियतपूर्ण र निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।


पालिकाले ८ वटै वडाबाट सिफारिस गरिएका विपन्न मध्ये अति विपन्न,मध्यम र सामान्य गरि ३ वर्गमा सूचिकृत नागरिकहरुलाई यो सेवा दिईएको हो ।

अति विपन्न र अपांगता भएकालाई पुर्ण छुट,मध्यम लाई ५० प्रतिशत,सामान्यलाई २५ प्रतिशत छुटमा ३ सय ९९ जनाको बीमा गराईएको पालिकाका स्वास्थ साखा प्रमुख तिर्थ बस्नेतले जानकारी दिनुभयो ।

ग र घ बर्गका अपाङ्गता भएका १ सय ५० जना बिपन्न तर्फ २ सय ४९ जनाको प्रति ब्यक्ति ३ हजार ५ सयका दुले बिमा गरिएको बस्नेतले जानकारी जानकारी दिनुभयो ।

पालिकाले गरिदिएको विपन्न तथा अपांग नागरिक स्वास्थ विमाको कार्यक्रमले आफूलाई ठूलो राहत भएको चौबिसे ४ निवासी ४५ वर्षिय कल्पना भण्डारीले खुशी ब्यक्त गर्नुभयो ।

स्वास्थ विमा गरिएका परिवारका ५ जनाले वार्षिक १ लाख रुपैयासम्मको उपचार छुट पाउँने सुबिधा रहेको छ । सवै सरकारी अस्पताल तथा सरकारले तोकेका निजि अस्पतालबाट यो सेवा लिन सकिन्छ ।

बिपन्न तथा लक्षित वर्गलाई प्रत्यक्ष लाभ दिन अघिल्लो आर्थिक वर्ष देखि विपन्न नागरिक स्वास्थ विमा कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिनुभयो ।

सम्पुर्ण वडाका निर्वाचित जनप्रतिनिधि तथा समाजका बुद्धिजीवी वर्गको सहयोगमा यो स्वास्थ्य विमा योजना लागु गर्न पालिका सफल भएकाले चेम्जोङ्गले सबैलाई कृतज्ञता ब्यक्त गर्नुभयो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।