७३ बर्ष पछि पनि नहटने भो साउदीमा मदिरा माथि लगाइएको प्रतिबन्ध

रियाद, १४ जेठ । साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ। 

साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् ।

 

साउदीले मदिरा माथी प्रतिबन्ध हटाउने केही मिडियाले दाबी गरे पनि त्यसलाई रिपोर्टलाई अस्वीकार गरेको छ ।

 

सन् २०३४ मा साउदी अरेबियाले फुटबल विश्वकप आयोजना गर्ने तयारी गरिरहेकाले मदिरा माथीको ७ दशक लामो प्रतिबन्ध हटाउन लागिएको मिडियामा दाबी गरिएको थियो ।

 

समाचारमा भनिएको थियो कि साउदी अधिकारीहरुले पर्यटकहरुलाई मदिरा बेच्ने योजना बनाइरहेका छन् । गत हप्ता मात्रै यो दाबी एक वाइन ब्लगमा 
प्रकाशित भएको त्यसपछि यो खबर अन्तर्राष्ट्रिय मिडियामा फैलिन पुगेको थियो।

 

यद्यपी यो समाचारको स्रोतबारे भने केही जानकारी दिइएको छैन । एक समयको गहिरो रूढिवादी देशले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न तथा पर्यटक र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई आकर्षित गर्न केही प्रतिबन्धहरूमा भने अहिले कम गरेको छ।

 

तर खाडी राष्ट्रहरूमध्ये साउदी अरेबिया र कुवेत मात्र छन्, जहाँ मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।