जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

मुम्बई, १४ जेठ । जिओ हटस्टारले भारत र इंग्ल्याण्डबीच अर्को महिना हुने टेस्ट सिरिजको डिजिटल प्रसारण अधिकार खरिद गरेको छ। 

 

तर, टेलिभिजन अधिकार भने अझै सोनी टिभीसँग छ। क्रिकबजको रिपोर्टका अनुसार जिओ र स्टारले सोनीसँग १ महिनाका लागि यो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

भारत र इङ्ल्यान्डबीचको ५ टेस्ट शृङ्खला आगामी जुन २० बाट सुरु हुदैँछ। खेलहरू सोनीमा टिभी र जियोहटस्टारमा अनलाइन प्रसारण हुनेछन्। आजकल आइपीएल पनि जिओहटस्टारमा प्रसारण भइरहेको छ।

 

सोनी र जियो स्टार बीचको अस्थायी सम्झौता अर्को वर्ष पनि जारी रहने जनाइएको छ  भारतले २०२६ मा इंग्ल्याण्ड भ्रमणमा ३ ओडीआईसहित ५ वटा टि २० शृंखला पनि खेल्दैँछ । सम्झौता पछि यसका खेलहरू ओटिटी मार्फत जियो हटस्टारमा पनि देखाइने छ।

 

सोनी टिभीले गत वर्ष मात्रै इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को प्रसारण अधिकार किनेको थियो। सन २०३१ सम्म सो अधिकार रहेको छ। यस अन्तर्गत भारतीय दर्शकहरूले इङ्गल्याण्डमा हुने सबै क्रिकेट खेलहरू सोनीमा मात्र हेर्न सक्नेछन्। 

 

जियो, स्टार र सोनी बीचको नयाँ सम्झौतामा इसिबीले पनि ठूलो भूमिका खेलेको जनाइएको छ ।

 

भारत र इंग्ल्याण्डबीचको टेष्ट शृंखलाको पहिलो खेल जुन २० देखि लिड्समा हुनेछ। दोस्रो टेस्ट जुलाई २ देखि बर्मिङ्घममा, तेस्रो टेस्ट जुलाई १० देखि लर्ड्समा, चौथो टेस्ट जुलाई २३ देखि म्यानचेस्टरमा र पाँचौं र अन्तिम टेस्ट लन्डनको ओभल मैदानमा जुलाई ३१ देखि अगस्ट ४ सम्म हुनेछ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।