प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : डाँस मोरङी र आयोजक कञ्चनजंघा सेमिफाइनलमा

पथरी – मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन्।

पहिलो खेलमा डाँस मोरङी २ विकेटले विजयी भएको छ। काँकडभिट्टाको बिएन्डएस क्रिकेट क्लबलाई २ विकेटले हराउँदै डाँस मोरङीले सेमीफाइनलमा स्थान बनायो।

टस हारेर पहिला ब्याटिङ गरेको काँकडभिट्टाले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। कालु यादवले २६ तथा आशिक राना मगरले ११ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

डाँस मोरङीका लागि प्रदीप मण्डलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रोहित राजबंशी र उमर शानीले समान २/२ विकेट तथा आरके मण्डल र सुबास रोयले समान १/१ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याउँदै डाँस मोरङीले १५.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। रोहित मण्डलले २४ रन र रोहित राजबंशीले १७ रन बनाए। काकरभिट्टाका कालू यादवले ३ विकेट, शिव राजबंशी र प्रवेश कामतीले समान २/२ विकेट लिए। म्यान अफ द म्याच प्रदीप मण्डल घोषित भए।

दोस्रो खेलमा झापाको ढुकुरपानी क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै आयोजक कञ्चनजंघा क्रिकेट क्लबले सेमीफाइनलमा प्रवेश गर्‍यो।
टस जितेर ब्याटिङ रोजेको ढुकुरपानीले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। सन्तोष कार्कीले ४१, श्रवण यादवले ३८ र दीपेश कडेलले १८ रन जोडे।

आयोजकतर्फ नितेश साहनीले ३ विकेट लिए भने नुरी निशार र अभि लिम्बुले २/२ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठ र सुरज न्यौपानेले १/१ विकेट लिए।

१४७ रनको लक्ष्य आयोजकले १८ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुरज न्यौपानेले ४६, सोनु मण्डलले ४०, अभि लिम्बूले ३२ तथा नूरी निशारले १५ रनको योगदान दिए।

ढुकुरपानीका प्रशान्त यादवले ३ विकेट तथा फिर्दोस अन्सारी र श्रवण यादवले १/१ विकेट लिए। म्यान अफ द म्याच नुरी निशार घोषित भए।
बिहीबार दमक क्रिकेट क्लब बनाम र पथरी-शनिश्चरे क्रिकेट क्लब, हसहन्द क्रिकेट क्लब बनाम र ब्रदर्स-११ झापाबीच हुने छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।