माग्नेबुढा लगायत भावुक भएपछि ‘माईतीघर’को क्लाइमेक्स दृष्य खिच्न ढिलाई

इटहरी । दशैंको फूलपातीलाई रिलिज मिति तय गरेर छायांकनमा जुटेको फिल्म ‘माइतिघर’को छायांकनमै एउटा अविस्मरणीय क्षण सिर्जना भएको छ । म्याग्दीको दरवाङमा खिचिँदै गरेको फिल्मको क्लाइमेक्स दृश्यका क्रममा फिल्मको छायांकन यति भावनात्मक बन्यो कि केही समयका लागि छायांकन नै रोक्नुपर्‍यो । कथाअनुसार त्यो दृश्यमा बेहुली पक्ष मात्रै भावुक देखिनुपर्ने थियो । तर, त्यो सीन यति गहिरो र मनछुने बन्यो कि पर्दामा अभिनय गरिरहेका पात्र मात्र होइन, पर्दापछाडि उभिएका सबैको मन भक्कानियो ।

बेहुला पक्षका केदार प्रसाद घिमिरे माग्नेबुढादेखि लिएर अन्य कलाकारहरूसमेत भावुक भएर रोए । आँखामा आँशु थाम्न सकेनन् । ‘माइतिघर’को यो क्षणले स्पष्ट पारेको छ कि फिल्मको कथा केवल दृश्यमा मात्र सीमित छैन, यो भावनामा बग्छ, र त्यो भावनाले जो–कोहीलाई भित्रैदेखि छुन्छ । बलियो स्क्रिप्ट, सशक्त निर्देशन र मनछुने अभिनयको संगमले सिर्जना गरेको यो दृश्यले फिल्मप्रतिको उत्साह अझै बढाएको छ ।

आगामी दशैंमा दर्शकलाई यो फिल्मले हलको पर्दामा कत्तिको बाँध्न सक्छ भन्ने कुरा त रिलिज पर्खनै पर्ने हुन्छ । यो फिल्म माईतीघर रोहित अधिकारी फिल्म्सको प्रस्तुति हो, जसका निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् भने छायांकन सुसन प्रजापतिले गरिरहेका छन् ।

‘माइतीघर’ मा माग्नेबुढासँगै धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको यो चौथो प्रोजेक्ट हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।