प्रथम कञ्चनजंघा क्रिकेट : डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

पथरी । प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्।

पहिलो सेमिफाइनलमा डाँस मोरङीले ब्रदर्स एलेभेनलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। टस हारेर पहिला ब्याटिङ गरेको ब्रदर्स एलेभेनले २० ओभरमा ५ विकेटको क्षतिमा १४४ रन बनायो। विशाल थापाले ४२, आभाष खनालले २८ र निरज पाठकले ३० रनको योगदान गरे।

डाँस मोरङीका उमर सानीले २ विकेट लिए भने रोहित राजबंशी र आरके मण्डलले समान १/१ विकेट लिए। १४५ रनको लक्ष्य डाँस मोरङीले १८.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। रोहित राजवंशीले ४३ रनको प्रभावशाली पारी खेले भने आरके मण्डलले ३२, चन्द्र भट्टराईले २० र सुवास रोयले १९ रन बनाए। ब्रदर्स एलेभेनका करण गजमेरले २ विकेट लिए भने आभाष खनाल, निरज शाह र निरज पाठकले समान १/१ विकेट लिए। रोहित राजबंशी ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा आयोजक कञ्चनजंघा क्रिकेट क्लबले पथरीशनिश्चरे क्रिकेट क्लबलाई ५ विकेटले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको पथरीशनिश्चरे १९.१ ओभरमा ११७ रनमै समेटियो। एन्जल राईले ३१, सोलोमन राईले १९ र नेल्सन दंगालले १८ रन बनाए।

कञ्चनजंघाका ज्ञानेन्द्र श्रेष्ठले ३ विकेट लिए भने नुरी निशार, सुरज न्यौपाने र अभिषेक लिम्बूले समान २/२ विकेट लिए। ११८ रनको लक्ष्य आयोजकले १३.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुरज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रनको अर्धशतकिय पारी खेले। पथरीशनिश्चरेका नेल्सन दंगालले ३ विकेट लिए भने सुदीप चौधरी र दीपेश भण्डारीले समान १/१ विकेट लिए। सुरज न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।