देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

पाेखरा, १८ जेठ । 

अहो ! क्या छ बान्की, तिमी पोखराकी

भनूँ रूप खानी, तिमी पोखराकी

१७ जेठ शनिबार देवेन्द्र केसीका यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो ।

पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको सभा हलमा भएको ुदेवेन्द्र के। सी। ुदेवुु गजल साँझुमा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित प्रस्तुत गरेका थिए ।

बोकेर फूलपाती, स्यूँदोभरी सजाई

को धाउँदै छ दिलमा, छमछम चुरा बजाई

बाँसुरीमा टेकबहादुर राना र तबलामा मिलन गिरीले साथ दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम भव्य, सभ्य र उत्कृष्ट भएको समाजका महासचिव असफल गौतमले बताए ।

 

कार्यक्रमका संयोजक गजलकार, गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले गजलकार देवेन्द्र केसी ‘देवु’ र संगीतकार, गायक सन्तोष श्रेष्ठको छोटो परिचय दिँदै केसी,  श्रेष्ठ र आफू ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०-२०९०)  अभियानमा रहेको र सोही अभियानको एउटा महत्त्वपूर्ण पाटो यो कार्यक्रम रहेको बताए ।

ओझाले यो कार्यक्रम पोखराको वा गण्डकी क्षेत्रका लागि मात्र नभएर नेपाल र नेपाली गजलरगजल संगीतकै लागि महत्त्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गरे ।

साहित्यकार सरुभक्तले नेपाली गजलमा पछिल्लो समय शास्त्रीयताको खोजी र अभ्यास बढिरहेका बेला यस्तो अर्थपूर्ण कार्यक्रम पोखरामा हुनुले गौरव अनुभूति भएको बताए । उनले अभियानलाई स्वागत गर्दै पूर्ण सफलताको कामना गरे । श्रेष्ठले यो कार्यक्रम गण्डकी प्रदेशै पहिलो भएको सुनाए ।

लोक गायिका हरिदेवी कोइरालाले गजलकार देवुको साहित्यिक जीवनबारे उल्लेख गर्दै गजल गायन सफल र उत्कृष्ट रहेको बताइन् ।

गायक श्रेष्ठले यो अभियानको १ वर्ष पूरा भएको र यसबीचमै आधा दर्जन गजल गायनका कार्यक्रम सम्पन्न भइसकेका बताउँदै गजल गायन अभियान सातै प्रदेशमा आयोजना गर्ने उल्लेख गरे ।

अनेसासका केन्द्रीय सदस्य दुर्गा शाह ‘बाबा’ ले यस्तो महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु खुसीको खबर भएको बताउँदै देवुको साहित्ययात्राको सफलताको कामना गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।